काठमाडौँ: शनिबार अपरान्ह ४ बजे बस्ने भनिएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक अपरान्ह ५:३० बजे बस्ने भएको छ।

प्रधानमन्त्रीको व्यस्तताले गर्दा बैठक सारिएको बालुवाटार स्रोतले बतायो।

उक्त बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन यसअघि गरेको प्रस्तावबारे थप छलफल हुनेछ।

नेकपाभित्र केही समयदेखि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले अर्का अध्यक्ष ओलीलाई अध्यक्ष तथा प्रधानमन्त्रीबाट मार्गप्रशस्त गरिदिन आग्रह गरेपछि विवाद छ।

विवाद बढेपछि गत बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई कोरोना महामारीपछि प्रधानमन्त्री बनाउन सकिने प्रस्ताव अघि सारेका थिए।

उक्त प्रस्तावपछि स्थगित सचिवालय बैठक आज बस्न लागेको हो। प्रधानमन्त्रीको प्रस्तावपछि प्रचण्ड-नेपालले आफूपक्षका स्थायी कमिटी सदस्यसँग यसबीचमा छलफल गरेका थिए।

प्रधानमन्त्री ओलीले पनि आफू पक्षका स्थायी कमिटी सदस्यसँगको भेटघाटलाई तीव्रता दिएको स्रोतको दावी छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version