काठमाडौँ: नेत्रविक्रम चन्द विप्ल नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य अनिल शर्मा ‘विरही’ पक्राउ परेका छन्।

विरहीलाई प्रहरीले चितवनबाट पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि चितवनको भरतपुस्थित पुरानो मेडिकल केलजमा भर्ना भएका शर्मालाई प्रहरीले त्यहीबाटै नियन्त्रणमा लिएको चितवनका प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङले जनाकारी दिए।

विरही रमेश रिमालको नाममा विरामी पुर्जी लिएर अस्पतालमा भर्ना भएका थिए।

उनलाई के भएको भन्नेबारे केही खुलाइएको छैन।

विरही विप्लव समूहको प्रकाशन विभाग प्रमुख हुन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version