काठमाडौँ: नेपालमा फेरि थप १० जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । कपिलबस्तुका १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका सह-प्रबक्ता डा समिरकुमार अधिकारीका अनुसार संक्रमित हुनेहरु कपिलवस्तु यशोधरा गाउँपालिका-५ र बुद्धभुमी नगरपालिका-७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, र ३४ वर्षीय पुरुषहरु र एक जना उमेर नखुलेका पुरुष छन्। उनीहरुको स्वास्थ्या अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
Facebook Comments Box
