काठमाडौँ: स्थानीय थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटललाई तीन दिनभित्र आवश्यक कागजातसहित लिखित जवाफ दिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निर्देशन दिएको छ ।

 

स्वास्थ्यकर्मीसहित नियमित बजार अनुगमनका क्रममा अस्पतालले बिरामीबाट पहिलेभन्दा फरक शुल्क लिएको भेटिएपछि लिखित जवाफ माग गरिएको जनाइएको छ ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार आफ्ना पुराना नियमित बिरामीका लागि वैकल्पिक व्यवस्था गरिएको इमर्जेन्सी ओपिडी सेवामा रु ७५० लिएको भेटिएपछि जवाफ माग गरिएको हो ।

 

लकडाउनपूर्व हस्पिटलले सेवाग्राहीबाट आकस्मिक सेवाका लागि रु एक हजार २५० र बहिरङ्ग सेवाका लागि रु पाँच सय लिँदै आएको थियो । लकडाउनका कारण सरकारले नै बहिरङ्ग सेवा बन्द गर्ने निर्देशन दिएपछि आकस्मिक बहिरङ्ग सेवा सञ्चालन गरेर रु ७५० लिएको अनुगमनका क्रममा भेटिएको उहाँले जानकारी दिनुभयो ।

 

रु एक हजार २५० बाट ७५० मा झारिएको वा रु पाँच सयबाट रु सात सय लिएका विषयमा लिखित जवाफ माग गरिरएको उहाँले जानकारी दिनुभयो ।

दुई पसललाई कारवाही

नियमित बजार अनुगमनका क्रममा आज दुई पसललाई कारवाहीस्वरुप जरिवाना गरिएको छ । बढी मूल्यमा खाद्यपदार्थ बिक्री गरेको भन्दै हात्तीगौँडास्थित बिगमार्टलाई रु तीन लाख र म्याद नाघेका सामान बिक्री गरेको भन्दै बुद्धनगरस्थित हाम्रो किनमेल सपलाई रु दुई लाख जरिवाना गरिएको सूचना अधिकारी आचार्यले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार बिगमार्टले एक किलो मासको दालमा रु २७१ लिएको भन्दै उपभोक्ताको गुनासोका आधारमा अनुगमन गरी उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरिएको विभागले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version