काठमाडौं: सरकारले आगामी आर्थिक (२०७७/७८) वर्षभित्र दुई अन्तराष्ट्रिय विमानस्थल संचालनमा ल्याउने घोषणा गरेको छ ।

यसअघि चालु आवमै संचालनको योजना रहेको भैरहवास्थित गौतमबुद्ध विमानस्थल संचालनको लक्ष्यसमेत पछाडी धकेलिएको छ । साथै, पोखरामा निर्माणाधित क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलसमेत आगामी आवमा निर्माण सम्पन्न गरी संचालनमा ल्याइने भएको छ ।

आगामी आवमा त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थलमा परिणत गरि संचालनमा ल्याइने भएको छ । आगामी आवमा तीन आन्तरिक विमानस्थलको धावनमार्ग कालोपत्रे गरिने भएको छ ।

निजगढ विमानस्थलको निर्माण थालनी समेत आगामी आवमा गर्ने घोषणा नीति तथा कार्यक्रमले गरेको छ । काभ्रेमा विमानस्थल बनाउन चाहिने जग्गाको खोजी गर्ने कार्यक्रमलाई समेत सरकारले फेरी दोहो¥याएको छ ।

हिमाली र पहाडी इलाकामा हिल स्टेशन बन्ने भएको छ । लुम्बनीमा सभाहल र ध्यानकेन्द्र संचालनमा आउने भएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version