काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा जवाफ दिँदैछन् ।

आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले दिउँसो १२ बजे बस्ने बैठकमा हिजो र अस्ति दुई दिन चलेको बैठकमा सासंदहरुले उठाएका प्रश्नको जवाफ दिनेछन् ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि प्रतिपक्षी दलले ७ वटा संसोधन राखेका छन् ।

प्रधानमन्त्रीले जवाफ दिएपछि आर्थिक वर्ष २०७७/७८ को लागि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ पस्तुत गरिने कार्यसूची रहेको छ ।

यस्तै कानून न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश २०७७ लाई स्वीकृत गरियोस भनि प्रस्ताव प्रस्तुत गर्ने अर्को कार्यसुची रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जनाएका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version