काठमाडौं: काठमाडौंको नागार्जुन  नगरपालिकाको वडा नम्बर ९ र १० मा औषधीबाहेकका सम्पूर्ण पसलहरु बन्द निर्देशन दिइएको छ ।

 

कोरोना संक्रमितको संख्या बढ्दै गएसँगैनागार्जुनको वडा नम्बर ९ र १० उच्च जोखिममा भएको भन्दै वडा कार्यालयले बिहीबार एक सूचना जारी गर्दै औषधी पसलबाहेक फलफल, तरकारी खाद्यान्‍न, मासु पसलहरु शुक्रबार बिहान ९ बजेदेखि अको सूचना प्रकाशित नहुन्जेलसम्मका लागि बन्द गर्न निर्देशन दिइएको छ ।

 

यस सूचनालाई अवज्ञा गरी पसल खोलेको थाहा पाइएमा कानुन बमोजिम कडा कारबाही हुने व्यहोरासमेत जानकारी गराइएको छ ।

 

कोरोना संक्रमण नियन्त्रण गर्ने कार्यमा सहयोग पुर्‍याई जिम्मेवार नागरिकको भूमिका निभाउन र वडाभित्रका राजनीतिक दलहरु, टोल सुधार समितिहरु, क्लब, आमा-महिला समूह, स्वयंसेवक, बुद्धिजिवी, कर्मचारी, भुपु सैनिक तथा प्रहरी, विभिन्‍न पेशा व्यवसायमा संग्लन व्यवसायीहरु, समाजसेवी आ-आफनो टोलभित्र रहेका औषधी पसलबाहेकका पसलहरु नखोल्न जानकारी गराउन आग्रह गरिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version