काठमाडौं: आइतबार बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।

 

कोरोेना रोकथाम तथा नियन्त्रणमा भइरहेको कार्यप्रगति र आगामी दिनमा अपनाउनुपर्ने भूमिका र बजेटका विषयमा छलफल गर्न आइतबार बिहान अपरान्ह चार बजेका लागि मन्त्रिपरिषद् बैठकको समय तय गरेर त्यही अनुसार मन्त्रीहरुलाई खवर गरिएको थियो ।

 

तर, दिउँसो फेरि आजको बैठक सोमबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको सूचना आएको एक मन्त्रीले जानकारी दिए । तर किन बैठक सारियो भन्नेबारे खुलाइएको छैन ।

 

अब बस्ने मन्त्रिपरिषद बैठकमा खासगरी विदेशमा रहेका नेपालीहरुलाई कसरी स्वदेश ल्याउने भन्नेमा निर्णय हुने अपेक्षा गरिएको छ ।

 

कोरोेनाका कारण भारत लगायतका मुलुकमा धेरै नेपालीहरु समस्यामा परेका छन् । उनीहरु नेपाल आउन चाहेपनि सरकारले उनीहरुलाई कसरी ल्याउने र कस्तो व्यवस्थापन गर्ने भन्ने निर्णयमा पुगिसकेको छैन ।

 

त्यस्तै आगामी जेठ १५ गते संसदमा पेश गर्ने बजेटका बारेमा समेत केही छलफल गर्नुपर्ने भएकाले त्यसमा समेत छलफल हुने बताइएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version