काभ्रे: नेपाली काँग्रेसको केन्द्रीय सदस्य एवम केन्द्रीय ट्रेड युनियन विभागका संयोजक शिवप्रसाद हुमागाईले बन्दाबन्दीका कारण १२ लाख मजदुर बेरोजगार भएको बताएका छन् ।

काभ्रेपलाञ्चोक जिल्लामा कार्यरत सञ्चारकर्मीलाई बनेपामा प्रेस जाकेट र माक्स वितरण कार्यक्रममा उनले भने– बन्दाबन्दीका कारण बढी मजदुर समस्यामा परेकोले उनीहरुका लागि राज्यले ध्यानदिन सक्नुपर्छ ।

उनले कोरोना सङक्रमण बढ्ने क्रम बढेको भन्दै त्यसका लागि सबै एक हुन आवश्यक रहेको बताए ।

अर्थतन्त्र ठप्प छ, बेरोजगारको संख्या दिनानुदिन बढ्दो छ, यस्तो अवस्थामा तीन तहका सरकारले सबैलाई लिएर हिड्न सक्नुपर्छ, भने ।
उनले स्थानीय तहमा बजेट सकिदैँ गएकाले राज्यले उनीहरुलाई छिटो सहयोग उपलब्ध गराएर रोग नियन्त्रणमा लगाउनुपर्नेमा जोड्दिए ।

उनले चार महिना अगाडि नै नेपालमा कोरोना भाइरसका सङक्रमित भेटिएपनि तीनै तहले प्रयाप्त अवसरको सदुपयोग गर्न नसकेको आरोप लगाउदै लकडाउनलाई समस्या समाधान होइन अवसरको रुपमा लिन सरकारलाई सुझाव दिए ।

हुनेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले बन्दाबन्दीले सञ्चार क्षेत्रमा कार्यरत मजदुर बढी प्रभावित भएको जानकारी दिनुहुँदै कतिपय मिडिया हाउसले तलब नै नदिएको, बेतलबी राखेको लगायतको समस्या रहेको जानकारी गराएका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version