काठमाडौँ: अछामको बयालपाटा अस्पतालले जागिरबाट निकालेपछि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका युवकको उपचारको क्रममा मृत्यु भएको छ।

 

साँफेबगर नगरपालिका-६का सिद्धार्थ आउजीको सोमबार साँझ कोहलपुरस्थित मेडिकल कलेजमा मृत्यु साँफेबगर-६ का वडाध्यक्ष प्रेमबहादुर शर्माले जानकारी दिए।

 

‘घाइतेसँगै गएका मीनबहादुर बोहराले आउजीको उपचारका क्रममा मृत्यु भइसकेको मलाई जानकारी गराएका छन्,’ शर्माले भने।

 

साँफेबगरकी उपमेयर बीरमलादेवी बुड्थापाले पनि आफूले ती युवकको मृत्यु भइसकेको खबर पाएको बताइन्।

 

सोमबार बिहान साढे आठ बजे आउजीले बयालपाटा अस्पताल परिसरमा आफैंमाथि आगो लगाएका थिए। उनी सो अस्पतालका सरसफाइ गर्ने कर्मचारी थिए।

 

आगो लागेपछि गम्भीर घाइते भएका उनको उपचारका लागि हेलिकप्टरबाट कोहलपुर लगेको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version