काठमाडौं: वलिउड नायक सुशान्त सिंह राजपूतले आज आत्महत्या गरेका छन्। उनी ३४ वर्षका थिए।

 

उनले आफ्नो पहिलो चलचित्र ‘काइ पो चे’ नामक चलचित्रबाट फिल्म क्यारियर सुरु गरेका छन्। चलचित्रमा प्रवेश गर्नु भन्दा पहिले उनी टेलिसेरियलमा बढी जमेका थिए।

 

उनले आफ्नै मुम्बईमा रहेको फ्ल्याटमा आत्महत्या गरेका हुन् ।उनको वास्तविक घर पटनामा रहेको छ भने उनको धेरै युवतीहरुसंग सम्बन्ध भएपनि उनी अझै अविवाहिता हुन्।

अव उनको परिवारमा उनका बुबा (केके सिङ्ग) जो सरकारी जागिरे हुन् मात्रै बाँकी छन् ।

 

उनी पछिल्लो समय नायिका रिया चक्रवर्तीसंगको सम्बन्धमा थिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version