काठमाडौँ: नेकपा स्थायी कमिटी वैठक असार १० गते बस्ने भएको छ। असार १० गते स्थायी कमिटी वैठक बोलाइएको नेकपा महासचिव विष्णु पौडेलले बताए।
‘स्थायी कमिटी वैठक असार १० गते बस्छ’, उनले भने,’वैठकमा एमसिसी परियोजना लगायतका विषयमा छलफल हुन्छ।’
नेकपाभित्र एमसिसी परियोजना पेचिलो बन्दै गएको छ।एमसिसी परियोजनाबारे अध्ययन गर्न गठित वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले परिमार्जन नगरी एमसिसी पारित गर्न नुहने सुझाव दिएको थियो।
कार्यदलमा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली सदस्य रहेका थिए।
परराष्ट्र मन्त्री ज्ञवालीले भने १५ बुदें फरक मत राखेका छन्।
बुधबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबिच भएको भेटमा स्थायी कमिटी वैठक बोलाउने समय तय भएको हो।
यसअघि वैशाख २५ र ३१ गते बस्नका लागि तय भएको वैठक स्थगित भएको थियो।
गत वैशाख १० गते २० जना स्थायी कमिटी सदस्यहरुले स्थायी कमिटी वैठक बोलाउन माग गर्दै दुई अध्यक्षलाई पत्र लेखेका थिए।
