काठमाडौं: बैंकहरु सरकारलाई असार ७ भित्रै कर तिर्न तयार भएका छन् । आन्तरिक राजश्व विभागको निर्देशन अनुसार नेपाल बैंकर्स संघमा आवद्ध वाणिज्य बैंकहरु सरकारलाई कर तिर्न तयार भएका हुन् ।

अर्थ मन्त्रालयको आग्रहमा बैंकर्स बैंकहरुले सरकारलाई तेस्रो त्रैमासको आयकरको किस्ता तिर्ने निर्णय गरेको नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले जानकारी दिए ।

‘सरकारले असार ७ गतेसम्म कर तिर्न भनेको थियो । हामीले हाम्रो क्षेत्रभित्र रहेका बैंकहरुलाई त्यही समयभित्रै कर तिरिदिऔं भनेर आग्रह गरेका हौं’ शर्माले भने, ‘यो निर्णय होइन, आग्रह मात्रै हो
।’

बैंकर्स संघको आग्रह बमोजिम सबै बैंकहरु कर तिर्न तयार भएका छन् । ‘जहिले तिरे पनि तिर्ने नै हो, हामीलाई कर तिर्न समस्या पनि पनि छैन, त्यसैले सबैजसो बैंकहरु चैतसम्मको कर चुक्ता गर्न सहमत हुनुहुन्छ’ संघका एकजना सदस्यले भने ।

सरकारले असार ७ गतेसम्म कर तिर्न दिएको निर्देशनविरुद्ध सर्वोच्च अदालतले कर नउठाउन आदेश दिएसँगै अहिले व्यवसायीहरुले कर तिरेका छैनन् । सरकारले आदेश पुनरावलोकनका लागि दिएको निवेदन खारेज भएसँगै असार मसान्तको बेलामा सरकारलाई स्रोतको संकट सुरु भएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version