काठमाडौं: जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले देश संकटमा फस्दै गएको बताएका छन्।
कोरोना महामारी र बेरोजगारी वृद्धि भइरहेकोतर्फ संकेत गर्दै भट्टराईले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा यी समस्या समाधानतिर भन्दा गुटको जालोमा फसेको उल्लेख गरेका छन्।ट्वीटमार्फत उनले भनेका छन्, ‘देश चौतर्फी संकटमा फस्दैछ । कोरोना चर्किंदैछ। अर्थतन्त्र थला पर्दैछ।’
उनले विदेशबाट फर्केका र स्वदेशमै रहेका लाखौं वेरोजगार युवाको ताती बढेको उनको भनाइ छ।
‘एमसिसिको टुंगो छैन। नागरिकता बल्झिँदैछ,’ उनले भनेका छन्, ‘सत्ताधारी दल गुटको जालोमा फसेको छ। प्रधानमन्त्री उखान टुक्का/छेडखानीमा व्यस्त छन्। संकटको निकास खोजौं।’
