काठमाडौँ: प्रहरीले काठमाडौँमै विभिन्न सामाजिक संजाल प्रयोग गरी नेपाल सरकारका केहि उच्चपदस्थ कर्मचारीसहित सर्वसाधारणको समेत करोडौं ठगी धन्दा चलाउँदै आएका सात जनालाई पक्राउ गरेको छ।

 

प्रहरीमा पीडितहरु ठगिएको गुनासो आइसकेपछि मात्रै प्रहरील उक्त घटना थाहा पाएको हो ।

 

गुनासोकै आधारमा अनुसन्धान थाल्दा गोरोहले सामाजिक संजाल भाईबर, व्हाट्स याप र इमो जस्ता संजालबाट झन्डै सयौंलाई लामो समयदेखि करोडौं ठगेको पत्ता लागेको हो।

 

प्रहरी अपराध महाशाखाले उनीहरुलाई अनलाइनको माध्यमबाट प्राय मानिसहरुलाई तपाईंलाई ४० लाखसम्मको लोटरी (चिट्ठा) परेको छ भन्दै रकम ठग्दै आएको, महाशाखाका एसपी ईश्वर कार्कीले जानकारी दिए। प्रहरीले उनीहरुलाई केहि नगदसहित पक्राउ गरेको हो।

 

प्रहरी उपरीक्षक कार्कीका अनुसार यस घटनामा भारतीय नागरिकहरुले उतैबाट यस्तो धन्दाको संजाल बनाएको पनि खुलेको छ।

 

पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि महानगरिय प्रहरी परिसर, काठमाण्डौ पठाईएको महाशाखाले जनाएको छ ।

पक्राउ व्यक्तिहरू
१. नामः पुकार बर्मा, २४ वर्ष
ठेगानाः जि.झापा,भद्रपुर न.पा. हाल का.जि.का.म.न.पा.वडा नं.२१
कोहिटी
२. नामः नविन भण्डारी, २२ वर्ष
ठेगानाः जि.काभ्रे, सिम्थली गा.वि.स.वडा नं.०२ हाल का.जि.टेकु
३. नामः आकास अग्रवाल, १९ वर्ष
ठेगानाः जि.रौतहट, गौर न.पा.वडा नं.१ हाल का.जि.छाउनी
४. नामः एमडी सर्फराज, २२ वर्ष
ठेगानाः सेनवरिया, पश्चिमी चम्पारण विहार, भारत, हाल
का.जि.टंकेश्वर
५. नामः एस अग्रवाल, १८ वर्ष
ठेगानाः जि.रौतहट, गौर न.पा.वडा नं.१ हाल का.जि.छाउनी
६. नामः कृष्ण प्रसाद साह, ३० वर्ष
ठेगानाः जि.पर्सा, विरगंज म.न.पा.वडा नं.२९
७. नामः सुनिल साह, २० वर्ष
ठेगानाः जि.पर्सा, विरगंज म.न.पा.वडा नं.३२

प्रारम्भिक अनुसन्धानबाट खुल्न आएका कुराहरूः

* नेपाल सरकारका उच्च पदस्त अधिकृत लगायत सर्वसाधारण व्यक्तिहरूबाट लाखौं
रकम ठगी गरी पिडित बनाएको ।
* पिडित व्यक्ति आफू ठगिएको थाहा पाए पश्चातः मानसिक रूपमा विच्छिप्त हुने
गरेको ।
* पिडित व्यक्तिले Lottery प्राप्त गर्ने आशामा आफ्नो घरजग्गा समेत धितो राखि
घरबार विहिन भएको ।
* ठगी गर्ने कार्यमा भारतिय गिरोह समेतको संलग्नता रहेको देखिन आएको ।
* करोड भन्दा बढि रकम ठगहरूले लिईसकेको ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version