काठमाडौँ; काठमाडौं महानगरपालिकाले अनधिकृत पार्किङ गरे १० हजार रुपैयाँसम्म जरिवाना गर्ने भएको छ।

महानगरले आर्थिक विधेयक २०७७ मार्फत सीसी अनुसार अनधिकृत पार्किङ गरे ठूलो जरिवाना तोकेको हो। विधेयक अनुसार मोटरसाइकलले अनधिकृत पार्किङ गरेर १ हजार रुपैयाँ तिर्नुपर्नेछ।

तीन पाङग्रे सवारी साधनले २ हजार रुपैयाँ, १००० सीसीसम्मका सवारी साधनले २५ सय रुपैयाँ ,१००० देखि १५०० सीसीसम्मले ५ हजार रुपैयाँ,१५०० सीसी र भन्दा माथिका २२०० सम्मका लागि ७००० रुपैयाँ तोकिएको छ।

महानगरले २२०० सीसी माथि सबैका लागि १० हजार रुपैयाँ तोकिएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version