काठमाडौं : राष्ट्रियसभाको बैठकमा सांसदले आज बुधबार प्रधानमन्त्री निवास बालुवाटार नजिक धर्नामा बसेका दलित नेतालाई प्रहरीले धरपकड गरेकोप्रति विरोध जनाएका छन ।

आजको बैठकको शून्य समयमा नेपाली काँग्रेसका प्रकाश पन्थले सोती घटनाका दोषीलाई कारवाही गर्नुपर्ने माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका दलित नेतालाई लाठी प्रहार गरी घाइते बनाइएको बारे गृहमन्त्रीले सदनमा जवाफ दिन माग गरे ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का दिलकुमारी रावल, तुलसाकुमारी दाहाल र मायाप्रसाद शर्माले हत्या, हिंसा, बलात्कार र भ्रष्टाचारको अन्त्य गर्नुपर्नेलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन ।`

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version