काठमाडौँ: सरकारले अव छ प्रकारका पासपोर्ट जारी गर्ने भएको छ ।हाल सरकारले कूटनीतिक (रातो) बिशेष (निलो) साधारण (हरियो) र यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट/कालो) गरी चार प्रकारका राहदानी जारी गर्छ ।
सरकारले संसदमा पेस गरेको राहदानी ऐन संशोधन बिधेयकमा पांच प्रकारका राहदानी र ट्राभल लग जारी गर्ने प्रस्ताव गरेको छ ।
थपिने दुई प्रकारका राहदानीमा ‘सर्भिस पासपोर्ट’ र ‘सिम्यान्स पासपोर्ट’ छन् । बिधेयकमा कूतिनीतिक कर्मचारी या बिशेष पासपोर्टधारीले विदेशमा लैजाने सहयोगीलै सर्भिस पासपोर्ट दिने व्यवस्था गरेको छ । विदेशस्थित दूतावास तथा नियोगमा पोस्टिंग हुने कर्मचारीले सहयोगी लैजाँदा त्यही देशको नियमानुसार तलव दिनुपर्ने भएकोले त्यसलाई चल्न नयाँ खालको राहदानी दिने व्यवस्था गर्न लागिएको पराष्ट्र स्रोतले बतायो ।
सर्भिस पासपोर्टधारीले नेपाल सरकारको नियमानुसार नै सेवा सुबिधा पाउने छन् ।
यता पानि जहाजमा काम गर्नेहरुका लागि साधारण हरियो पासपोर्टसंगै ‘सिम्यान्स पासपोर्ट’ का रुपमा लग बुक उपलब्ध गराइने प्रस्ताव छ ।
लगबुकमा पानीजहाजक क्याप्टेनले प्रमाणीकरण गरिन्दिने गर्छन।
यो खबर आजको कान्तिपुर दैनिकमा लेखिएको छ ।
