काठमाडौ: राष्ट्रपति विद्यादेवी भण्डारीले ५ वटा विधेयक प्रमाणीकरण गरेकी छिन्। उनले संघीय संसदको दुवै सदनबाट पारित भएको विधेयक सोमवार संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकण गरेकी हुन्।

जसमा राष्ट्रपति भण्डारीले आर्थिक वर्ष २०७७/७८ को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन्।

त्यस्तै, ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश, २०७७ लाई प्रतिस्थापन गर्न बनेको विधेयक पनि प्रमाणीकरण भएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version