काठमाडौँ: कृषि विकास बैंक .गण्डकी प्रदेश कार्यालय, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरा बिच प्रतिष्ठान एक सम्झौता भएको छ ।

बैंक र अस्पतालबीच अस्पतालको परिसरमा बैंकको एक्सटेन्सन काउन्टर, एटिएम लगायतका सेवा संचालन गर्ने तथा अस्पतालको विलिङ्ग काउन्टर बैंकबाट संचालन गर्ने सम्वन्धमा सम्झौता भएको बैंकले जनाएको छ ।

आगामी पांच बर्षका लागी भएको उक्त सम्झौता पत्रमा प्रतिष्ठानको तर्फबाट प्रतिष्ठानका उपकुलपति प्रा.डा. बुद्धि बहादुर थापा र बैंकको तर्फबाट गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक करुणचन्द्र घिमिरेले हस्ताक्षर गरेका हुन् ।

कृषि विकास बैंकका संचालक हरि प्रसाद पराजुलीको रोहवरमा भएको उक्त सम्झौताले अस्पताल परिसरबाट अस्पतालमा आउने सेवाग्राही, अस्पतालका डाक्टर, कर्मचारी एवं सर्वसाधारण समेतलाई विविध बैंकिङ्ग सेवाहरु सहज रुपमा उपलब्ध हुनेछन ।

देशको ७७ जिल्लामा एक्सटेन्सन काउण्टर समेत २८० वटा शाखा संजाल रहेको सरकारी स्वामित्व भएको बैंकले आफ्नो सेवा विस्तारको क्रममा निकट भविष्यमा पूर्ण बैंकिङ्ग सेवा संचालन गर्ने लक्ष्य सहित आगामी महिना भित्र उल्लेखित सेवा संचालन गर्ने भएको छ ।

अस्पतालको विलिङ्ग काउन्टर बैकले संचालन गर्ने भएबाट अस्पतालको सो सेवा समेत अझै प्रभाकारी हुने बिश्वास लिईएको छ ।

उक्त समारोहमा प्रतिठानका निर्देशक प्रा. डा. अर्जुन आचार्य, डा नरेन्द्रविक्रम गुरुङ्ग डा. भरत बहादुर खत्री, लेखा प्रमुख निर्मल पौडेल,अधिकृत नरायण आचार्य तथा बैंकको तर्फबाट मुख्य शाखा प्रवन्धक रघुनाथ न्यौपाने, बरिष्ठ शाखा प्रमुख मोति प्रसाद पौडेल र बरिष्ठ शाखा प्रमुख महेश प्रसाद पौडेलको उपस्थिति रहेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version