काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेकी छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासले मन्त्रिपरिषद्को सिफारिस अनुसार बिहीबार अपराह्न ५ बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी दिएको छ ।

राष्ट्रपति कार्यालयले अधिवेशन अन्त्यको पत्र सचिवालयमा २ बजेअघि नै पठाएको हो। जबकी मन्त्रिपरिषद्को १२ बजेका लागि डाकिएको बैठक साढे १२ बजे सुरू भएको थियो।

उक्त बैठकले राष्ट्रपति समक्ष संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको थियो।

सामान्यतया: संसदको अधिवेशन अन्त्य गर्ने राष्ट्रपतिको कार्यालयको पत्र संसदमा पढेर सुनाउने गरिएको थियो। त्यस्तो पत्रमा राति १२ बजेटबाट अधिवेशन अन्त्य भएको उल्लेख हुन्थ्यो। तर यसपटक मन्त्रिपरिषद्ले नै साँझ ५ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version