काठमाडौं:सरकारले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति खुला गरेको छ । सरकारले चार महिनापछि श्रम स्वीकृति दिने प्रक्रिया आजबाट पुनः सुरु गरेको हो।

सरकारले कोरोना महामारीका कारण गत फागुन ३० देखि वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति दिन बन्द गरेको थियो।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार विदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेका कामदारलाई फेरि फर्किन श्रम स्वकृति दिन थालेको हो ।

यस्तै करार अवधि समाप्त भई पुन करार निविकरण गरेका र भिसाको म्याद समेत थप भएका व्यत्तिले पनि आवश्यक कागजात सहित आवेदन गरेमा कोरोना परिक्षण र स्वास्थ्य सुरक्षा सम्बन्धि प्रोटोकलको आधारमा श्रम स्वीकृति दिने भएको हो।

नयाँ कामदारले भने विदेश जान श्रम स्वीकृति पाउने छैनन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version