काठमाडौं : सेयर बजार बिहीबारका लागि बन्द भएको छ । बिहीबार नेप्से ८०. ४१ अंकले घटेर १२५६.११ बिन्दुमा बन्द भएको छ। ठूला कम्पनीको मापक सुचक सेन्सेटिभ इन्डेक्स् ६.२७ प्रतिशतले घटेर २६९.०३ अंकमा झरेको छ।
तेस्रो सर्किट ब्रेकसम्म १४२ कम्पनीका १० लाख ६१ हजार ८९० कित्ता शेयर ८ हजार ४०९ पटक खरीद बिक्री गर्दा हुँदा ४७ करोड ६६ लाख ५४ हजार ९७१ रुपैयाँमा कारोबार भएको छ।
नेप्से ६% ले घटेपछि बिहीबार दिनभरका लागि कारोबार रोकिएको हो । अब बजार आइतबार बिहान ११ बजे खुल्नेछ । मंगलबार र बुधबार सकारात्मक सर्किट लागेर बन्द भएको बजार बिहीबार त्यसको ठीक विपरीत ६% ले नकारात्मक सर्किट ब्रेकर लागेर बन्द भएको हो । यसअघि बजार खुलेको २३ मिनेटमा पहिलो नकारात्मक सर्किट ब्रेकर लागेर नेप्से २० मिनेटका लागि स्थगित भएको थियो ।
त्यसपछि खुलेको बजार पुनः ४ मिनेटमै ५% ले घटेपछि पुनः दोस्रो नकारात्मक सर्किट लाग्दा ४० मिनेटका लागि बजार स्थगित भएको थियो । त्यसपछि फेरि १२ बजेर २७ मिनेटमा खुलेको बजार .१२ बजेर ४० मिनेट जाँदा फेरि ६% ले घटेको हो । ६% ले नेप्से घटबढ भएमा त्यस दिनका लागि कारोबार रोक्न चलन छ ।
राजनीतिक अस्थिरता बढ्ने संकेत देखिएपछि लगानीकर्ताको मनोबल गिरेको हो । सत्तारुढ दल नेकपाभित्र किचलो बढेको छ । सरकार र पार्टीबीच किचलो बढेपछि सत्ताको नेतृत्व कसले सम्हाल्ने भन्ने दुविधा देखिएको छ । यसले सेयर बजार पनि प्रभावित भएको विश्लेषण भइरहेको छ ।
