काठमाडौँ: सरकारले क्यान्सर, मधुमेह र आइसियूमा रहेका बिरामीको कोरोना परीक्षण गर्ने भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा परीक्षणको दायरा फराकिलो बनाइएको भन्दै यस्ता रोगीहरूको कोरोना परीक्षण गरिने जानकारी गराए।

यस्तै अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका बिरामीहरूको पनि परीक्षण हुने भएको छ। साथै अस्पतालहरुका स्वास्थ्यकर्मीको पनि परीक्षण गर्ने मन्त्रालयको तयारी छ।

पछिल्लो समय स्वास्थ्यकर्मीहरुमा पनि संक्रमण देखिन थालेपछि सरकारले अस्पतालहरूमा परीक्षण केन्द्रित गर्ने तयारी गरेको हो।

प्रवक्ता गौतमले अब निजी अस्पतालहरूले पनि कोरोना संक्रमितको उपचार गर्ने जनाए।

क्लिनिकल समन्वय समितिको छलफलले सामुदायिकसँगै निजी अस्पतालमा पनि बिरामीको उपचार गर्ने निर्णय गरेको हो।

शुक्रबार अहिलेसम्मकै बढी ७४० जनामा संक्रमण देखिएको छ। योसँगै नेपालमा संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version