काठमाडौं: काठमाडौं उपत्यकाका ढलमा कोरोना भाइरस देखिएको छ। सेन्टर फर मोलिक्युलर डायनामिक्स नेपालले गरेको अनुसन्धानमा उपत्यकाको ढलमा कोरोना भाइरस देखिएको हो।

संस्थाले बिहीबार उपत्यकाका विभिन्न स्थानबाट संकलन गरी परीक्षण गरेको ढलको पानीमा कोरोना भाइरस देखिएको तथ्य सार्वजनिक गरेको हो।

अनुसन्धाता सेन्टर फर मोलिक्युलर डायनामिक्स नेपालका अनुसन्धान प्रमुख समिरमणि दीक्षितले उपत्यकाको ढलमा कोरोना भाइरस देखिनुको अर्थ समुदायमा कोरोना भाइरस फैलिएको तथ्यलाई पुष्टि गर्नु भएको बताए।

सीएमडीएनका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. दिवेश कर्माचर्याको नेतृत्वमा गरिएको अनुसन्धानले उक्त कुरा पत्ता लगाएको हो।

उले अरु ठाउँमा दिशामा पनि कोरोना संक्रमण देखिएकाले काठमाडौंमा देखिन्छ कि देखिदैँन भन्ने अध्ययन गर्दा देखिएको बताए।

‘उपत्यकाभित्रबाट दश दिन अघि चार ठाउँबाट ल्याएको नमूनामध्ये दुई ठाउँमा कोरोनाको भाइरस हामीले देखेका छौं,’ उनले भने, ‘त्यो देखिनुको मतलब समुदायमा कोरोना संक्रमित मान्छेहरु छन भन्ने हो।’


‘ढलमा कोरोना भाइरस देखिनुले काठमाडौं उपत्यकाको समुदायमा नै कोरोना फैलिएको छ भन्ने प्रमाण दिएको छ,’ कुरा गर्दै उनले भने, ‘यसले उपत्यकामा परीक्षण व्यापक बनाउन आवश्यक रहेको जनाउँछ।’

यो खबर हामीले नेपाल खबर बाट लिएका हौ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version