काठमाडौं: कृषि विकास बैंकको प्रणाली ह्याक गरेर पैसा निकाल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

बैंकको काठमाडौंस्थित न्यूरोड शाखाबाट संगठित रुपमा प्रणाली ह्याक गरि पैसा निकालेका थिए। उनीहरुले विभिन्न व्यक्तिहरुको खातामा रकम रकमान्तर गरी भुक्तानी लिएका थिए।

सौजन तामाङलाई हिजो साँझ पक्राउ गरी प्रहरीले आज जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको छ। गत असोज ७ गते उनीहरुले न्यूरोडमा सुनिता श्रेष्ठको खातामा जम्मा ४९ लाख ५० हजार रुपैयाँ रकमान्तर भएको रकमबाट ९५ हजार भुक्तानी लिएका थिए।

यसैगरी श्रवनकुमार श्रेष्ठको खातामा रकमान्तर गर्न २० लाखको चेक पेश गरेको अवस्थामा शंका लागि सिस्टम चेक गर्दा सुनिता श्रेष्ठ समेतका ब्यक्तिहरुको खातामा बैंकको मौज्दातबाट विभिन्न मितिमा अपराधिक व्यक्तिहरुको समुहले बैंकको वित्तिय प्रणालीमा अनाधिकृत पहुँच राखि पैसा झिकेको फेला परेको थियो।

उनीहरुले कुल ४ करोड ८८ लाख ४६ हजार रुपैयाँ रकमान्तर गरी भुक्तानी लिई बैंकलाई नोक्शानी पुर्याएका थिए। त्यसबेलै श्रवनकुमार श्रेष्ठ,सुनिता श्रेष्ठ र शुभशंकर पन्जालाई पक्राउ परेका थिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version