काठमाडौं: स्पेनिस ला लिगा फुटबलमा शीर्षस्थानको रियल मड्रिडले संघर्षपूर्ण जीत हासिल गरेको छ ।

आइतबार भएको खेलमा रियलले एथ्लेटिक बिल्वाओलाई १-० ले पराजित गरेको छ ।
घरेलु टोली एथ्लेटिकोलाई हराउन रियललाई मुस्किल परेको थियो । ७३औं मिनेटमा रामोसले पेनाल्टीमा गरेको गोल नै रियलका लागि निर्णायक सावित भयो ।

ड्यानी गार्सियाले मार्सेलोलाई पेनाल्टी बक्समा फउल गरेपछि रेफ्रीले भीएआरको सहायता लिदै रियललाई पेनाल्टीको मौका प्रदान गरेका थियो । जसमा कप्तान रामोस चुकेनन् ।

जीतसँगै रियलको ३४ खेलबाट रियलले ७७ अंक जोडेको छ । जुन दोस्रो स्थानको बार्सिलोनाको भन्दा ४ अंक बढी हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version