काठमाडौं: लकडाउनका कारण स्थगित भएका परीक्षा सञ्चालनबारे त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी दुई साताभित्र निर्णय गर्ने जनाएको छ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षाबारे दुई साताभित्र निर्णय हुने जानकारी दिएका छन्‌।

उनले भने, ‘परीक्षा सञ्चालन सम्बन्धी गठित समितिले अहिले छलफल गरिरहेको छ, अबको दुई हप्ताभित्रमा परीक्षा कहिले गराउने वा नगराउने विषयमा निर्णय हुन्छ।’

उनका अनुसार अनलाइनबाट परीक्षा गराउने भन्ने बाहिर हल्ना सुनिए पनि त्यो निराधार रहेको र यस विषयमा अहिलेसम्म त्रिविले केही निर्णय नगरेको स्पष्ट पारेका छन् ।

अनलाइनबाटै गर्नुपर्ने अवस्था आएपनि त्रिविले अग्रिम सूचना जारी गर्ने जानकारी दिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version