काठमाडौं: पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गोरखाका युवकमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

मृत्युपछि परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा. विष्णु शर्माले सेतोपाटीलाई जानकारी दिए।

भीमसेनथापा गाउँपालिका-२ तान्द्राङका २६ वर्षीय युवकलाई झुन्डिएको अवस्थामा परिवारले फेला पारेका थिए। लगत्तै परिवारले डोरी काटेर उनलाई गोरखाको एक निजी अस्पताल पुर्‍याएका थिए।

अस्पतालले अवस्था गम्भीर रहेको भन्दै पाटन अस्पताल ‘रिफर’ गरेको थियो।

‘उहाँलाई भर्ना गर्दै अवस्था गम्भीर थियो। हिजो मृत्यु भएपछि कोरोना परीक्षण गर्दा संक्रमण पोजेटिभ देखियो,’ डा. शर्माले भने।

उनले अहिले युवकको शव व्यवस्थापन गर्ने काम भइरहेको जनाए।

गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले मृतक युवकमा मानसिक समस्या रहेको जानकारी दिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version