काठमाडौं: इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेले नेपालमा ९९ प्रतिशत कोरोना संक्रमितमा लक्षण नभएको जानकारी दिएका छन् ।

डा पाण्डेका अनुसार हालसम्म १६ हजार १६८ जना संक्रमितमध्ये ९७ प्रतिशत अन्य देशबाट नेपाल आएका व्यक्तिहरु हुन् ।

हालसम्म २ लाख ६० हजार व्यक्तिको पीसीआर परीक्षण गरिएकोमा ७ प्रदेशमध्ये प्रदेश २ र ५ मा बढी संक्रमित भएको डा पाण्डेले बताए ।

उनले सुदुरपश्चिम प्रदेश बढी जोखिममा रहेको पनि जानकारी दिए । उनले बागमती र गण्डकी प्रदेशमा कम संक्रमित भएको बताए ।

डा पाण्डेले नेपालमा समुदायमा कोरोना संक्रमण नफैलिएको पनि दाबी गरे ।

‘अहिलेसम्म किन समुदायमा संक्रमण छैन भन्नुपर्दा नेपालमा ८७ प्रतिशत पुरुष छन्, उनीहरु पनि १५ देखि ५४ वर्ष उमेरका छन्, जो श्रम गर्न अरु देशमा गएका व्यक्ति हुन्,’ डा पाण्डेले भने, ‘विदेशमा श्रम गर्न जाँदा उहाँहरु संक्रमित हुनुभयो र फर्केर हाम्रो आइसोलेसन र क्वारेन्टाइन सेन्टरमा बस्नुभयो, उहाँहरुको जाँचपर्ताल गर्दा रोग देखियो ।’

डा पाण्डेले समुदायमा कोरोना संक्रमण फैलिएको भए नेपालमा महिला र पुरुष संक्रमितको संख्या समान हुने बताए ।

छिटफुट रुपमा काठमाडौं उपत्यकामा संक्रमित भेटिए पनि समुदायमा संक्रमण फैलिएको अवस्था भने नरहेको उनले बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version