काठमाडौं: नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न ठाउँमा भएका प्रदर्शन रोक्न अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीलाई आग्रह गरेका छन्।

दुई अध्यक्षबीच आज भएको भेटवार्ताका क्रममा प्रचण्डले कुनै व्यक्ति विशेषका पक्षमा प्रदर्शन गराउनु जायज नभएको भन्दै ओलीलाई यो रोक्न भनेका हुन्।

प्रधानमन्त्री केपीशर्मा ओलीको पक्षमा देशका विभिन्न ठाउँमा दैनिकजसो प्रदर्शन हुन थालेको छ। यसअघि प्रचण्डले आजै बिहान महासचिव विष्णु पौडेललाई फोन गरी प्रदर्शन रोक्न भनेका थिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version