काठमाडौं:कृषि विकास बैंकको एक हजार अंकित दरका २५ लाख कित्ता बराबरको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।

बैंकले यसअघि निष्काशन गरेको १०.३५ प्रतिशत व्याजदर रहेको (डिबेञ्चर) “ADBL कृषि बैंक ऋणपत्र २०८३”, को सूचीकरण गरी कारोबारका लागि कृषि विकास बैंक र नेपाल स्टक एक्सचेन्जबीच धितोपत्र सूचीकरण सम्बन्धी सम्झौता सम्पन्न भएको हो।

उक्त सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र स्टक एक्सचेन्जका तर्फबाट चन्द्र सिहं साउदले बिहीवार हस्ताक्षर गरेका छन्। सम्झौतापछि बैंकको ऋणपत्र दोश्रो बजारमा कारोबार सुरु हुनेछ ।

नेपाल राष्ट्र बैंकबाट आर्थिक वर्ष २०७६/७७ का लागि जारी भएको मौद्रिक नीति मार्फत “वाणिज्य बैंकहरुले २०७७ असार मसान्तभित्र आफ्नो चुक्ता पूँजीको न्यूनतम २५ प्रतिशत बराबर अनिवार्य रुपमा ऋण पत्र जारी गर्नुपर्ने व्यवस्था गरिनेछ ।” भन्ने व्यवस्था गरिएको थियो।

उक्त निर्देशनको परिपालना स्वरुप बैंकले ऋणपत्र जारी गरि नियमानुसार बाँडफाँड समेत भै सम्बन्धित निकायमा अभिलेख तथा दर्ता गरिएको हो।

सूचीकरण सम्झौतामा कृषि विकास बैंक लि.का कम्पनी सचिव हिमलाल पौडेल, शाखा प्रमुख उमेश पन्जियार, नेपाल स्टक एक्सचेन्जका प्रविन पान्दाक, कुलचन्द्र रिजाल र एनआई वि.एल एस क्यापिटलका सञ्चालन अधिकृत राम कुमार महतको समेत उपस्थिति थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version