काठमाडौं: विश्व स्वास्थ्य संगठनले सर्टिफाइ गरेको एन ९५ मास्क नेपालमा पनि पाइने भएको छ । हालसम्म नेपालमा उपलब्ध नभएको उक्त मास्क मोबाइल एप रिचार्जरले नेपालमा भित्र्याएको हो ।

९५ प्रतिशतसम्म हावालाई पूर्ण रुपमा फिल्टर गर्न सक्ने उक्त मास्क कोभिड संक्रमणको जोखिमबाट बच्नका लागि धेरै उपयोगी हुने विश्वास गरिन्छ ।

कोरोना संक्रमणको जोखिमका बिच नेपालमा नै पहिलो पटक रिचार्जरले विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको एन ९५ मास्क भित्र्याएको ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।

साथै रिचार्जरले कार्यालय, होटल तथा रेष्टुरेण्टलाई लक्षित गर्दै गर्दै लेमन फ्लेवरको गूणस्तरीय एम एच आई ब्राण्डको थोक तथा खुद्रा बिक्री बितरण गर्न थालेको छ । नेपालका लागि आधिकारिक बिक्रेताको रुपमा रिचार्जरले एम एच आईका स्यानिटाइजरको बिक्री बितरण सुरु गरेको हो ।

अल्कोहलको गन्धयुक्त स्यानिटाइजरबाट आजित बनेको अवस्थालाई मध्यनजर गर्दै लेमन फ्लेवरको स्यानिटाइजर बजारमा उपलब्ध गराउन लागिएको ग्लाइडरले जानकारी दिए । प्रि बुकिङ गरेर मात्र यो स्यानिटाइजर खरिद गर्न सकिनेछ ।

ग्लाइडरका अनुसार अहिले बजारमा बिक्री बितरण भैरहेको के एन ९५ मास्क पनि रिचार्जरले ५० रुपैंयामा उपलब्ध गराउने छ । त्यसै गरी कोभिड प्रतिरोधात्मक भिटामिन सी युक्त डबल सी ब्राण्डको जुस एक सय रुपैयामा एउटा किन्दा एउटा सित्तैंमा उपलब्ध हुने ग्लाइडरले बताए ।

बरकम र एन एक्स २००० ब्राण्डका इन्फ्रारेड थर्मलगन ५० प्रतिशत छुटमा रिचार्जरमा किन्न सकिन्छ ।

रिचार्जरले घर, पसल, अफिस, बैंक तथा वित्तीय संस्था, होटललगायत सबै क्षेत्रका लागि कोभिड प्रोटेक्टिभ प्रोडक्टहरु सस्तो मूल्यमा उपलब्ध गराउँदै आईरहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version