काठमाडौँ: नेपालका सरकारी बैंकहरु मध्ये विद्युतीय बैंकिङ्गका सेवा अधिक प्रयोग गरीरहेको कृषि विकास बैंकले हालै अनलाइनबाट खाता खोल्ने प्रणाली संचालनमा ल्याएको छ ।

 

निजी क्षेत्रको भन्दा वढी विश्वसनीय रहेका सरकारी बैंकहरु मध्ये कृषि विकास बैंकले आफ्ना कारोवारहरुलाई डिजिटाइजेसन गरी रहेको छ ।

 

अषाढ ५ गतेबाट शुरु भएको अनलाइनबाट खाता खोल्ने प्रविधिमा देश विदेशबाट उत्साहजनक सहभागिता रहेको देखिन्छ ।

 

बैदेशिक रोजगारीका लागि विदेशमा रहेका नेपाली तथा युवा युवतीहरुको यसमा विशेष आकर्षण रहेको छ ।

 

यसै क्रममा नेपालकी प्रख्यात पौडिवाज गौरिका सिंहले अनलाईनबाट कृषि विकास बैंकको ठमेल शाखामा खाता खोलेकी छन् ।

 

यो प्रविधिको विकास गरे पश्चात् खाता खोल्ने प्रणाली तथा प्रक्रियामा समेत सरलिकरण भएको छ ।

 

बैंकको सधै भिडभाड रहने ग्राहक सेवा फाँटमा गई खाता खोल्नु पर्ने झञ्झट तथा कोरोनाको संक्रमणबाट समेत वच्न सकिने भएकोले यो प्रणाली दिन प्रतिदिन लोकप्रिय भइ रहेको छ ।

जलपरी गौरिकाले विदेशबाट खाता खोली कारोवार गर्ने मनसाय राखेकोले कृषि विकास बैंक लि। निज गौरिकालाई धन्यवाद समेत दिएको छ ।

 

कृषि विकास बैंक लिमिटेडमा अनलाइन खाता खोल्न तलको लिंकमा क्लिक गरी खोल्न सकिन्छ ।

 

https://onlineaccount.adbl.gov.np

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version