काठमाडौं: पछिल्लो २४ घण्टामा नेपालमा १४४ जना कोरोना संक्रमित थपिएका छन्। थपिएका संक्रमित मध्ये ९ जना काठमाडौं उपत्यकाका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङका क्रममा भक्तपुरमा १, ललितपुरमा ५ र काठमाडौं ३ गरी उपत्याकामा ७ जना नयाँ संक्रमित थपिएका जानकारी दिएको छ। यो सँगै नेपालमा कूल संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले ५२५ जना रेडजोनमा रहेको बताए।

सोमबार जम्मा २५ वटा प्रयोगशालामा ५ हजार ८०६ वटा पीसीआर परीक्षण गरिएको उनले बताए।

आज एक हजार ७०५ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन्। यो सँगै आजसम्म १० हजार २९४ जना डिस्चार्ज भएका छन्।

हाल ६ हजार ६१३ जना आइसोलेसनमा रहेका छन्। अहिले क्वारेन्टिनमा बस्नेको संख्या घट्दै गएको प्रवक्ता डा. गौतमले बताए। उनका अनुसार हाल २३ हजार ४७० जना देशभरका क्वारेन्टिनमा रहेका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version