काठमाडौं: डिसहोमले सर्वसाधरणका लागि २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने भएको छ । त्यसका लागि कम्पनीले सोमबार (आज) धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले चुक्तापुँजीको १०.६० प्रतिशत बराबरको सार्वजनिक सेयर निष्काशन गर्न लागेको डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्यले जानकारी दिए ।

‘हामीले ३/४ वर्ष सेयर निष्काशनको प्रक्रिया थालिसकेका थियौं, तर सोचिएको समयमा प्रक्रिया अगाडि बढ्न सकेको थिएन,’ आचार्यले क्लिकमाण्डूसँग भने, ‘तर आज धितोपत्र बोर्डमा आवेदन दिएर सेयर निष्काशनको औपचारिक प्रक्रिया शुरु गरेका छौं ।’

कम्पनीले निष्काशन गरेको सेयर प्रतिकित्ता १ सय रुपैयाँका दरले किन्न पाइन्छ । कम्पनी सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटल हो ।

सन् २००९ मा स्थापना भएको डिस मिडिया नेटवर्क नेपालको पे टिभी इन्डस्ट्रीमा काम गरिरहेको सबैभन्दा ठूलो कम्पनी हो । कम्पनीले २०७४ असार १८ गते पब्लिक कम्पनीको रुपमा रूपान्तरण भई सार्वजनिक सेयर निष्काशनको तयारी गरेको थियो ।

कम्पनीको २०७५ पुस २७ गते सम्पन्न भएको साधारण सभाले आइपीओ निष्काशन गर्ने निर्णय पारित गरेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version