काठमाडौं: मेलम्ची खानेपानी आयोजनाको सुरुङमा परीक्षणको लागि छाडिएको पानीमा दुई जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा हेलम्बु गाउँपालिका-१ स्थित सुरुङमा आयोजनाका एक जना इन्जिनियर र चालक रहेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुरूङको एक ठाउँबाट एक्कासी पानी बाहिर आएपछि त्यहाँको अवस्था बुझ्न गएका उनीहरुलाई पानीले बगाएर बेपत्ता बनाएको हो ।

परीक्षण गर्न अहिले सुरुङमा पानी हालिएको छ । पानी सुरुङमा पानीले बगाएर ४ जना बेपत्ता भएका थिए । उनीहरुमध्ये दुई जना सम्पर्कमा आए भने दुई जना अझै बेपत्ता छन् ।

जीवितै उद्धार गरिएका दुई जनाको उपचार गर्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version