काठमाडौं: नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत पदबाट विवेक झाले विश्राम लिएका छन् ।
लगातार दुई कार्यकाल ८ वर्ष नेपाल लाइफ इन्स्योरेन्सको सीइओ भएर सफलता साथ कार्यकाल पुरा गरेर झा नेपाल लाइफबाट बाहिरिएका छन् ।
नेपाल लाइफ इन्स्योरेन्सले २०६९ साल साउन १ गते झालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । ८ वर्षको कार्यकालमा झाले नेपाल लाइफलाई जीवन बीमा कम्पनीहरुमा सबै सूचकमा पहिलो कम्पनी बनाउन सफल भए । झा नेपाल लाइफमा २०६७ साल भदौ १ गते प्रवेश गरेका थिए ।
संचालक समितिले नेपाल लाइफ इन्स्योरेन्सको कामू सीइओको जिम्मा सन्तोष प्रसाईलाई दिएको छ । चाटर्ड एकाउन्टेन्ट समेत रहेका प्रसाई नेपाल लाइफमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । प्रसाई नेपाल लाइफ आउनु अघि बीमा समितिमा थिए ।
चाटर्ड एकाउन्टेन्ट रहेका झाले नेपाल लाइफलाई सबै सूचकमा पहिलो बनाएर कम्पनीबाट बाहिरिएका हुन् ।
झा नेपाल लाइफमा सीइओ बन्दा कम्पनीको चुक्ता पूँजी ६३ करोड रहेको थियो । अहिले नेपाल लाइफको चुक्ता पूँजी ५ अर्ब ४९ करोड रहेको छ ।
यस्तै १३ अर्ब ५३ करोड रहेको लगानीलाई ८६ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । ८ वर्ष अगाडि नेपाल लाइफमा कुल बीमा शुल्क ३ अर्ब ९० करोड थियो । आर्थिक वर्ष २ खर्बभन्दा बढी भएको छ ।
