काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफल विना निष्कर्ष सकिएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रचण्ड–माधव समूहले अब तत्काल केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने निष्कर्ष निकाले छ ।

पार्टीमा पछिल्लो समय देखिएको विवादका विषयमा बिहीबार बालुवाटारमा प्रधानमन्त्री ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो । छलफल विना निष्कर्ष सकिएपछि प्रचण्ड–माधव समूहका सचिवालय सदस्य एवं स्थायी कमिटी सदस्यहरु खुमलटारमा भेला भएका थिए ।

बालुवाटारबाट प्रचण्ड र नेपाल फर्किएपछि खुमलटार भेलामा उनीहरुसहित सचिवालय सदस्यहरु झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल भेला भएका थिए ।

भेलामा सहभागी एक नेताले भने ‘तीन नेताबीच सहमति जुटेन, अब तत्काल केन्द्रीय समितिको बैठक बोलाउने निष्कर्षमा पुगेका छौं ।’

ती नेताका अनुसार भोलि बस्ने स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठकको मिति तोक्नेछ ।

बालुवाटार बैठकमा प्रचण्ड र माधव नेपालले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरेको एक नेताले बताए । तर ओलीले अस्वीकार गरेका थिए ।

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version