काठमाडौँ: फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको कायममुकायम प्रमुख कार्यकारी अधिृकतमा दानराज पन्त नियुक्त हुनुभएको छ ।

 

प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थीको कार्यावधि गत असार ३१ मा सकिएपछि पन्त कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुनुभएको हो ।

 

कम्पनीले रु पाँच अर्ब २३ करोड ऋण सापटी लिएर रु पाँच अर्व ६० करोड थोक कर्जा प्रवाह गरेको छ । संस्थाको चुक्ता पूँजी रु ८० करोड छ । पन्त अर्थशास्त्रमा स्नातकोत्तर हुनुहुन्छ ।

 

फस्र्ट माइक्रोफाइनान्स ‘घ’ वर्गको राष्ट्रिय स्तरकोे थोक लघुकर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाका रुपमा सेवा प्रदान गर्दै आएको छ । संस्थाले २०६६ साल पुस २४ गतेदेखि कारोवार थालेको हो ।

 

संस्थाले बचत तथा ऋण, बहुउद्देश्यीय र साना किसान सहकारी संस्थालाई दिगो लघुवित्त सेवाका लागि थोक लघुकर्जा प्रदान गरिरहेको छ । यसबाट थोक कर्जा लिई रहेका साझेदारी ऋणी संस्था १३२ हाराहारी छन् ।

 

पन्तले आफ्नो जिम्मेवारीसँगै संस्थालाई लघुवित्त क्षेत्रमा अझै प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version