काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भएको छलफल सकिएको छ।

दुई अध्यक्षबीच आइतबार साँझ झन्डै साढे दुई घन्टा कुराकानी भएको थियो। ओलीसँग कुरा गर्न प्रचण्ड सवा ४ बजेतिर बालुवाटार पुगेका थिए भने पौने ७ बजे बाहिरिएका थिए।

दुई अध्यक्षबीच के कुराकानी भयो भन्ने विस्तृत विवरण आइसकेको छैन।

यसअघि शनिबार प्रचण्डले ओलीसँग विवाद मिलाउन सहमति गरेको भन्ने चर्चा भएको थियो। ओलीविरूद्ध प्रचण्डसँगै रहेका वरिष्ठ नेता माधवकुमार नेपालले दुई अध्यक्षले चोचोमोचो गरे आफूलाई मान्य नहुने बताएका थिए।

आइतबार बिहान प्रचण्डले आफू र नेपाल पक्षीय नेताहरूलाई निवास खुमलटारमा बोलाएर ओलीसँग कुनै सहमति नगरेको बताएका थिए।

सचिवालय बैठकपछि परिबन्दमा परेर राष्ट्रपति भवन शितल निवास जानु परेको प्रचण्डको गुनासो थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version