चितवन: अविरल वर्षाका कारण पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक पूर्णरुपमा बन्द भएको छ । ईच्छाकामना गाउँपालिका वडा नं–६ चार किलो नजिकै सोमबार बिहान करिब ५ बजेको समयमा ठूलो पहिरो खस्न गएको हो ।

पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको छ । प्रहरीका अनुसार हालसम्म पनि पहिरो खसिरहेकोले तत्काल पहिरो हटाउन कठिनाइ भइरहेको छ । बाटो खुलाउने तर्फ आवश्यक पहल र प्रयास भैरहेको व्यहोरा जानकारी गराइएको छ ।

प्रहरीले ओभरटेक नगरी आ–आफ्नो सवारी साधन सुरक्षित स्थान रोक्न र सडक सुचारू भएपछि मात्र आफ्नो पूर्ववत् यात्रामा अगाडि बढ्नको लागि सम्पुर्ण सवारी चालकहरुलाई अनुरोध गरेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version