काठमाडौं : हालै नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरुलाई अन्तर बैंक एटीएम कारोबार निशुल्क गर्ने व्यवस्था विपरीत बैंकहरुले उपभोक्तासंग शुल्क उठाइरहेका छन ।

कोरोना संकटका बेला उपभोक्तालाई एक बैंकको एटीएमबाट अर्को बैंकको एटीएम बुथमार्फत कारोबार गर्दा शुल्क नलाग्ने नियम पालना गर्दै आएका थिए । तर गत साउन १ गतेदेखि प्रायः सबै बैंक तथा वित्तीय संस्थाले अन्तर बैंक एटीएम कारोबार शुल्कवापत २५ देखि ३० रुपैयाँसम्म उठाइरहेको छन ।

हालै मात्र राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले कोरोनाको प्रभाव रहेसम्म अन्तर बैंक एटीएम कारोबार निशुल्क गरिने व्यवस्था गरेपनि यसको पालना सम्बन्धित निकायले नगर्दा उपभोक्ता ठगिनु परेको छ।

नेपाल बंगलादेश, एनआईसी एसिया लगायतका बैंकको अन्तर बैंक एटीएम शुल्क काटिँदा उपभोक्ता असन्तुष्ट छन ।

 

नेपाल बंगलादेश बैंकको एटीएम कार्डको प्रयोग गरी एनआईसी एसियाबाट १० हजारको कारोबार गर्दा काटिएको थप ३० रुपैयाँ अन्तर बैंक शुल्कको नमुना ।

 

यसैबीच उपभोक्ताको तीव्र असन्तुष्टिपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई अन्तर बैंक एटीएम कारोबार निःशुल्क गर्न फेरि पनि निर्देशन दिएको छ ।

उसले बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो।

राष्ट्र बैंकको अनुरोधमा गत चैत ७ गतेदेखि निःशुल्क विद्युतीय कारोबार गर्ने घोषणा गरेका बैंकहरुले मौद्रिक नीति सार्वजनिक गर्नु केहि दिन अगाडि अन्तर बैंक एटीएम र कनेक्ट आईपीएस मार्फत वित्तीय कारोबार गर्दा शुल्क लिने निर्णय गरेका थिए।

तर, यो निर्णय कार्यन्वयनमा आउन नपाउँदै राष्ट्र बैंकले पुनस् शुल्क नलिन निर्देशन दिएको हो।

राष्ट्र बैंकका अनुसार ग्राहकले एकपटकमा एटिएमबाट २५ हजार रुपैयाँसम्म निकाल्न पाउनेछन भने एक दिनमा भने १ लाख रुपैयाँसम्म निकाल्न पाइने व्यवस्था छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version