काठमाडौंँ: कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ ।

गागलफेदीस्थित घट्टेखोलामा खसेको पहिरोमा परेर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले जानकारी दिए ।

आइतबार साँझ पहिरोमा पुरिएका नवराजको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पता महराजगञ्जमा राखिएको छ ।

साँझ साथीभाइसँग उनी गागलफेदीको जङ्गलमा गएका थिए । खोलामा शौच गर्न गएको बेला पहिरो खस्दा उनको निधन भएको बताइएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version