काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रको विवाद सल्ट्याउनका लागि आज पनि पूर्व माओवादी नेताहरुको छुट्टै बैठक बसेको छ ।

आज पनि अध्यक्ष प्रचण्ड निवास खुमलटारमा प्रचण्ड पक्षधर स्थायी कमिटीका नेताहरुको लामै बैठक चल्यो ।

बैठकमा नेताहरुले जसरी पनि पार्टीलाई फुटबाट जोगाउन अध्यक्ष प्रचण्डलाई दबाव दिएका छन् ।

अध्‍यक्ष प्रचण्डले पनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग भएका कुराकानी नेताहरुलाई जानकारी गराएका छन ।

आफू निकटका प्रायः सबै स्थायी कमिटी सदस्यलाई बोलाएर प्रचण्डले अन्तिम समझदारी प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीसँगै गर्नु पर्ने धारणा राखेको बैठकमा सहभागी एक नेताले बताए ।

उनले ओलीसँग सहमति भने भइनसकेको जानकारी गराएको पनि ती नेताले बताए ।

 

प्रचण्डको भनाइ उदृत गर्दै ती नेताले भने, ‘सहमति ठ्याक्कै बनिसकेको छैन। समझदारी केपी ओलीसँगै गर्नुपर्छ। की पार्टी फुट्नु पर्‍यो होइन भने त्यही गर्नुपर्छ । समझदारी-असमझदारी, झगडा जे गरे पनि आखिर त्यही हो। अरूसँग कुरा मिलाएर त हुदैन।’

बैठकमा सहभागी नेताहरुले पनि जसरी भएपनि विवाद हल गरी पार्टीलाई एकढिक्का बनाएर अघि बढ्न सुझाव दिएको उनले सुनाए ।

महाधिवेशनबारे प्रधानमन्त्रीसँग छलफल भएको भए पनि सहमति भने भइनसकेको प्रचण्डले स्थायी समिति सदस्यलाई जानकारी गराएका थिए।

विवाद समाधान गर्नकै लागि पटक पटक स्थायी कमिटी बैठक स्थगित भएको छ भने सचिवालयमा पनि नेताहरुले छलफल गरिनै रहेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version