काठमाडौं : आज सोमबारको प्रि ओपन कारोबारमै ३ प्रतिशतले बढेको शेयर बजार दुई चोटी सर्किट लागेर अन्तिममा दोहोरो अंकले घटेको छ ।
कारोबार सुरु भएको ५३ सेकेण्ड मै पहिलो सर्किट र त्यसपछि बजार खुलेको ६१ सेकेण्ड मै दोस्रो सर्किट लागेको नेप्से १४.०९ अंकले घटेर १४६४.९४ को बिन्दुमा पुगेर रोकिएको हो ।
आज दुई चोटी सकारात्मक सर्किट लाग्दा नेप्से सूचक १५५६ सम्म पुगेको थियो ।
आज कारोबारमा आएका १८१ कम्पनीका ७० लाख १ हजार २ सय ५८ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ८० करोड २२ लाख बराबरको भएको छ । आज कारोबारमा आएका बैंकिंग, विकास बैंक, फाइनान्स र म्युचल फण्ड बाहेकका सूचक घटेका छन् । आज युनाइटेड फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै ९.९४ प्रतिशतले बढेको छ भने गुराँस लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले घटेको छ । आज एनएमबि बैंकको सबैभन्दा धेरै २० करोड १४ लाख बराबरको कारोबार भएको छ ।
आज शेयर कारोबार मापन सूचक नेप्से प्रि ओपन कारोबार मै ३.६१ प्रतिशतले बढेको थियो । त्यसपछि बिहान ११ बजे खुलेको बजार ५३ सेकेण्डमा ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेको थियो । २० मिनेटको ब्रेकपछि ११:२० मा खुलेको बजार ६१ सेकेण्ड मै थप १ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको हो ।
११ बजेर २१ मिनेट ३५ सेकेण्डमा नेप्से सूचक ७४.०२ अंक अर्थात ५ प्रतिशतले बढेको थियो । त्यसपछि ४० मिनेटपछि खुलेको बजारमा भने गिरावट आएको हो ।
