काठमाडौं । बुधबार थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ ।
५ हजार ३७० जना सक्रिय संक्रमितको संख्या रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ७७९ जनाको परीक्षण गर्दा एक सय जनामा कोरोना पुष्टि भएको डा गौतमले बताए । डा गौतमका अनुसार हाल देशभर ५ हजार ३ सय ७० जना संक्रिय संक्रमितहरु रहेका छन् ।
बुधबार कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
