काठमाडौँ: बिहीबार पनि सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मुल्यमा प्रति तोला ५ सयले बढेको छ । योसँगै नेपालमा सुनको मूल्य अहिलेसम्मकै बढी प्रति तोला ९४ हजार ५ सय रूपैयाँ पुगेको छ ।

यसअघि बुधबार सुन प्रति तोला ९४ हजारमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रति तोला ९४ हजार ६५ पुगेको छ ।

चाँदीको मुल्यमा पनि वृद्धि भएको छ । बुधबार ११३५ प्रतितोला कारोबार भएको चाँदी बिहीबार प्रति तोला १० रुपैयाँले बढेर ११४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version