काठमाडौं: त्रिभुवन विश्वविद्यालयले भदौबाट व्यवस्थापन संकायको परीक्षा सञ्चालन गर्ने भएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै सरकारले गरेको लकडाउनका कारण विभिन्न संकायका परीक्षा स्थगित गरिएका थिए ।

व्यवस्थापन संकायको डीन कार्यालयले शुक्रवार एक सूचना जारी गर्दै स्नातकोत्तर तहको परीक्षा भदौ दोस्रो हप्तादेखि हुने जानकारी गराएको हो ।

यस्तै स्नातक प्रथम, दोस्रो तथा सातौं तहका सत्रान्त परीक्षाहरु भदौको तेस्रो हप्तादेखि सञ्चालन गरिने जनाइएको छ ।

त्रिविले परीक्षा तालिका वेबसाइटमार्फत पछि सार्वजनिक गर्ने जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version