शनिबार कोरोनाभाइरसका एक सय ९ जना संक्रमित थपिएका छन्।

 

चार हजार ७५ जनामा गरिएको पिसिआर परीक्षणमा उक्त संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

 

अब नेपालमा कोरोना संक्रमित संख्या १८ हजार चार सय ८३ जना पुगेका छन्।

 

उनका अनुसार देशभरका क्वारेन्टिनमा १८ हजार एक सय ८३ जना छन् भने आइसोलेसनमा पाँच हजार तीन सय ८५ जना छन्।

 

शनिबार कोरोना निको भएर एक सय ६ जना घर फर्किए भने अहिलेसम्म कोरोना निको हुनेको संख्या १३ हजार ५३ पुगेको छ।

 

कोरोनाबाट नेपालमा अहिलेसम्म ४५ जनाको मृत्यु भइसकेको छ।

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version